इन्जिनियरिङ्ग प्रवेश परीक्षामा सर्वाेत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पिइएद्वारा ल्यापटप प्रदान



काठमाडौं । थापाथलीमा रहेकाे आफ्नै भवनमा पिइएले सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे छ । इन्जिनियरिङ्ग अध्ययन संस्थानले लिएकाे स्नातक तहकाे प्रवेश परीक्षामा सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई सम्मान गरेकाे हाे ।  कार्यक्रममा पिइएका अध्यक्ष प्राध्यापक डा. शैलेन्द्र कुमार मिश्रले उत्कृष्ट नम्बर सहित पुरुष तर्फ पहिलाे, दाेस्राे र तेस्राे तथा महिला तर्फ पहिलाे नम्बरमा नाम निकाल्न सफल विद्यार्थीहरूलाइ ल्यापटप प्रदान गर्नुभएकाे हाे । प्रिन्सिपल सनत कुमार गिरी, प्राध्यापकहरू, अभिभावक साथै उच्च स्थान हासिल गर्न सफल विद्यार्थी र अभिभावककाे समेत उपस्थिति रहेकाे थियाे ।

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले संचालन गरेको प्रवेश परीक्षामा झण्डै १२ हजार विद्यार्थी उपस्थित भएका थिए । जसमध्ये ६८८१ विद्यार्थी उत्तीर्ण भएका थिए । आइओईको आंगीक र सम्बन्धन प्राप्त कलेज गरी १५ कलेजमा ४३४४ सिट रहेका छन् । सर्वाेत्कृष्ट अंक सहित निराजन साहले एक नम्बरमा नाम निकाल्न सफल भएका थिए । त्यस्तै निरज कुमार यादव र प्रतिक अर्यालले क्रमशः दाेस्राे र तेस्राे स्थान हासिल गर्न सफल भएका थिए । उत्कृष्ट अंक ल्याएर आठाैँ नम्बरमा नाम निकाल्न सफल विन्दु पाैडेल महिला तर्फ एक नम्बरमा नाम निकाल्न सफल विद्यार्थी हुन् । आइओईको आंगीक र सम्बन्धन प्राप्त कलेज गरी १५ कलेजमा ४ हजार २४८ सिट रहेका छन् ।

कार्यक्रमका पिइएका अध्यक्ष प्रा.डा. शैलेन्द्र कुमार मिश्रले आँफु विगत लामाे समयदेखि इन्जिनियरिङ्ग अध्ययन संस्थानमा प्राध्यापन गराउँदै आएकाे र विगत २८ वर्ष देखि नै पिइएमा आवद्द भइ विद्यार्थीहरूलाई मार्गदर्शन गर्न पाउँदा खुशी रहेकाे कुरा व्यक्त गर्नुभयाे । काेभिड १९ काे विषम परिस्थितिमा समेत पिइएले अनलाइन कक्षाकाे माध्यमबाट आफ्नाे सेवालाई निरन्तरता दिएकाे स्मरण गराउँदै विद्यार्थीलाइ क्वालिटि एजुकेशन दिने कुरामा संस्थाले कुनै सम्झाैता नगर्ने समेत बताउनुभयाे ।

सर्वाेत्कृष्ट स्थान हाँसिल गर्न सफल विद्यार्थीहरूले पिइएमा तयारी गरेकाे छाेटाे समयले आँफुहरूलाई याे स्थानमा आउन सहयाेग गरेकाे वताउँदै आगामी दिनमा समेत थप मेहनत गरि एउटा सफल इन्जिनियर बन्ने र देशलाइ समृद्दिकाे मार्गमा अगाडि बढाउन प्रयास गर्ने कुरा राखेका थिए ।

पिइए विगत लामो समयदेखि इन्जिनियरिङ पढ्न चाहनेविद्यार्थीलाई प्रवेश परीक्षामा सघाउँदै आएको शैक्षिक संस्था हो । यहाँबाट प्रवेश परीक्षाको तयारी गर्ने विद्यार्थीलाई प्रतिस्पर्धामा खरो रूपमा उतार्न संस्थाले विशेष खाले शिक्षण विधि अपनाउने गरेको छ । पुल्चोक क्याम्पस तथा अन्य विश्वविद्यालयको विइ तथा वि आर्क प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस संस्थाले गरीव तथा जेहन्दार विद्यार्थीको लागि स्कोलरसिपमा पढाउँदै आइरहेको छ । नियमित रूपमा कक्षा सञ्चालन, आवश्यक सबै पाठ्यपुस्तकहरू, नमूना परीक्षाहरूले गर्दा विद्यार्थीहरूको शिक्षा सारथीको रूपमा पिइएले सहयोग गर्दै आइरहेको छ । यहाँ तयारी गर्ने विद्यार्थीहरू प्रवेश परीक्षामा नाम निकाल्ने मात्रै नभइ उच्च शिक्षा अध्ययनको क्रममा उत्कृष्ट नतिजा सहित उत्तिर्ण हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँका चार पालिकाको निर्णयः सरकारी सुविधा लिनेका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

  दमौली (तनहुँ) ।  तनहुँका चार पालिकाले सरकारी सुविधा लिनेका छोराछोरीलाई सामुदायिक विद्यालयमा

पूर्वाञ्चल विश्वविद्यालयका सात हजारभन्दा विद्यार्थी दीक्षित

  सुन्दरहरैँचा (मोरङ) । पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्छ : प्रधानमन्त्री

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना

कक्षा १२ को परीक्षा देशभर शान्तिपूर्ण रूपमा सुरु

भक्तपुर । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु