ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प



काठमाडौँ । ओटावास्थित नेपाली दूतावासद्वारा हालै क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको सरेमा मोबाइल कन्सुलर क्याम्प सञ्चालन गरिएको छ ।

शिविर हिन्दू बौद्ध फाउन्डेसन अफ क्यानडा, नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया, गैरआवासीय नेपाली संघ क्यानडा र त्यस प्रान्तमा रहेका नेपाली र अन्य सामुदायिक संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिएको दूतावासले जनाएको छ ।

शिविरमा नेपाली नागरिकहरू, विशेष गरी क्यानडाको ब्रिटिस कोलम्बिया, सास्काचेवान, मनिटोबा र अल्बर्टा प्रान्तहरूमा रहेका नेपाली विद्यार्थीहरूले राहदानी नवीकरण र अन्य कन्सुलर सेवा प्रदान गरिएको थियो । केही समयदेखि उक्त दूतावासले नेपाली समुदाय र विद्यार्थी रहेका प्रान्तहरूको नजिक शिविरमार्फत यस्तो सेवा प्रदान गर्दै आएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

साथै उक्त दूतावासले भ्यानकुभरमा रहेका नेपाली उद्यमीहरूसँग पनि छलफल कार्यक्रम आयोजना गरेको छ । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले उद्यमीहरूलाई आफ्नो विशिष्ट सीप, विशेषज्ञता र सम्भावनाहरूलाई मातृभूमिको समृद्धिको लागि पनि प्रयोग गर्न अनुरोध गरे

नेपाल सरकारले गरेका नीतिगत सुधारबारे जानकारी दिँदै उनले उद्यमीहरूलाई नेपाल र क्यानडाबीच व्यापार प्रवर्द्धन गर्न र नेपालमा प्रविधि र लगानी पुर्‍याउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

अमेरिका । न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल डे परेड) मनाएका

अमेरिकाको टेक्सास राज्य संसदद्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिका । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीवार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल

एनआरएनको महाधिवेशनमा हानाहन र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवसीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित