राप्रपाले अष्ट्रेलियाको एडिलेटमा धुमधामका साथ मनायो राष्ट्रिय एकता दिवस



एडिलेट अष्ट्रेलिया । ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस अष्ट्रेलियाको एडिलेट शहरमा धुमधामका साथ मनाइएको छ । प्रवासी नेपाली एकता समाज पानस अष्ट्रेलिया तथा ओशियानाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्रपा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहलाई स्वदेश वा प्रवास विश्वको जुनसुकै भूगोलमा रहेका नागरिकले सम्झनुपर्ने बताए ।

उनले पृथ्वीनारायण शाहको दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै राप्रपाको सार्थक प्रयासले आज राष्ट्रले पृथ्वीनारायण शाहलाई सम्झिएको र सरकारी तवरमा एकता दिवस मनाउन सफल भएको बताए ।

उनले प्रवासमा रहेका नेपाली नागरिकले राष्ट्रको लागि योगदान पुर्याउनु पर्ने बेला आएको उल्लेख गर्दै राष्ट्र अहिले आर्थिक, समाजिक, साँस्कृतिक हिसाबले अत्यन्तै जर्जर रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि राप्रपा सहायक महामन्त्री विजय खड्काले नेपालको भूगोलमा रहने र विश्वभर भावनाको नेपलमा रहने नेपालीहरूको निम्ति आजको दिन गर्व गर्न लायक भएको बताए । उनले मुलुकका हरेक राजनीति तथा सांस्कृतिक एजेन्डामा प्रवासी नेपालीको हस्तक्षेपकारी भूमिका रहनुपर्ने बताए ।

मुलुकलाई स्थायित्व दिने एकमात्र शक्ति राप्रपा भएकोले राप्रपाको नेतृत्वमा मात्र मुलुकले काँचुली फेर्ने र पृथ्वीनारायण शाहको सपनालाई न्याय दिनसक्ने बताए । कार्यक्रममा राप्रपा मधेस प्रदेशका अध्यक्ष भरत गिरी, पानस आईसीसी प्रमुख प्रेमकुमार श्रेष्ठ, पानस अष्ट्रेलियाका सल्लाहकार दीपक विष्ट, हिमानी कोष अष्ट्रेलियाका अध्यक्ष समाजसेवी अन्जना कार्की वस्नेत लगायतले सम्बोधन गरेका थिए ।

पानस अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष केदार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पानस अष्ट्रेलियाका संरक्षक अजय राजवंशी तथा महासचिव दुर्गा उप्रेतीले संचालन गरेका थिए । कार्यक्रममा अष्ट्रेलियामा वसेर समाजसेवा लगायत विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरूलाई पृथ्वी पुरस्कारले सम्मान गरिएको थियो ।

कार्यक्रम व्यवस्थापन तथा आयोजना सफलतापूर्वक सम्पन्न गरेकोमा पानस ओसियाना प्रमुख ऋषिकेश न्यौपाने, दीपक गौतम, दिनेश शिवाकोटी लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य सरस्वती लामा, पूर्वसांसद इन्द्रवहादुर खत्री लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि, पानस पदाधिकारी सदस्य लगायत एडिलेटमा रहने नेपालीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको सूत्रमा बाँध्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषा, कला, साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको

‘प्रचण्डजी ! नविनतम समझदारीमा आउनुस्, नत्र नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष

दरबार हत्याकाण्डको ‘प्लानर’ को हो ? नेपाली जनतालाई थाहा छः प्रचण्ड

मेलम्ची । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै

चैत ४ गते एमाले सचिवालय बैठक बस्ने

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका