गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा



काठमाडौं । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर संघको विश्व सम्मेलनको लागि निमन्त्रणा दिएको छ ।

संघका कार्यकारी अध्यक्ष डा केसीले आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन, सोही अवसरमा हुने विश्व ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनको विषयमा जानकारी गराएका हुन् । प्रधानमन्त्री दाहालले विश्व सम्मेलनको सफल आयोजनाका लागि शुभकामना दिँदै आफू पनि उपस्थित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटमा संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्तिको बाटो खुलिसकेको र नियमावली निर्माणको चरणमा रहेकोले त्यसलाई सहज र एनआरएनमैत्री बनाउन प्रधानमन्त्री तहबाटै पहलकदमी लिइदिन अनुरोध गरे ।

जवाफमा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयनमा सरकार सकारात्मक रहेको भन्दै केही अप्ठ्यारो देखिए सुल्झाउँदै अघि बढ्ने बताए । यस्तै संघका उपाध्यक्ष आर के शर्माले इराक र कुवेतमा पासपोर्ट नवीकरण लगायत नेपालीहरुले व्यहोर्नुपरेको अन्य समस्या सम्बोधनका लागि कुटनीतिक पहलका लागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री दाहालले त्यसका लागि पछिल्लो अवस्था मूल्यांकन गरी कूटनीतिक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । फरक प्रसंगमा प्रधानमन्त्री दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यान्वयनमा गैरआवासीय नेपाली संघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा उक्त योजनालाई अझ बृहत रुपमा अघि बढाउन आग्रह गरे ।

भेटका क्रममा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र डी.बी क्षेत्री, महासचिव केशव पौडेल, एनसीसी पूर्व मानार्थ परिषद् सदस्य, सनी वली, पूर्व सल्लाहकार सुरेन्द्र श्रेष्ठ, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको सूत्रमा बाँध्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषा, कला, साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको

‘प्रचण्डजी ! नविनतम समझदारीमा आउनुस्, नत्र नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष

दरबार हत्याकाण्डको ‘प्लानर’ को हो ? नेपाली जनतालाई थाहा छः प्रचण्ड

मेलम्ची । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै

चैत ४ गते एमाले सचिवालय बैठक बस्ने

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका