‘नेपाली विद्यार्थी सङ्घ क्यानडा’ स्थापना



काठमाडौं । क्यानडामा रहेका नेपाली विद्यार्थीको हकहितको प्रतिनिधित्व गर्न नयाँ सङ्गठन स्थापना भएको छ । ‘न्यु ब्रन्सविक विश्वविद्यालयका एमफिल उत्तीर्ण (दर्शनाचार्य) अरुण बुढाथोकीको नेतृत्वमा नेपाली विद्यार्थी सङ्घ क्यानडा (एनस्याक) स्थापना भएको हो ।

सङ्घले आफ्ना सदस्यलाई नेटवर्किङ अवसर, सामाजिक कार्यक्रम, शैक्षिक सहयोग, वृत्ति विकास र हितको वकालतसहित विभिन्न सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । नेपाल–क्यानडा सम्बन्धलाई अझ सुमधुर बनाउने लक्ष्य पनि संस्थाको रहेको दर्शनाचार्य बुढाथोकीले बताए ।

“एनस्याक सुरुआत गर्न पाउँदा र क्यानडामा रहेका नेपाली विद्यार्थीलाई एकअर्कासँग जोडिन, स्रोतसाधनका बारेमा जान्न र सहयोग खोज्ने मञ्च प्रदान गर्न पाउँदा उत्साहित छौँ”, उनले भने, “एनस्याक नेपाली विद्यार्थीले आफ्नो शैक्षिक र व्यावसायिक लक्ष्य प्राप्त गर्नका लागि एक बहुमूल्य स्रोत हुने विश्वास छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

  काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ

क्यानडाका लागि नेपाली राजदूतद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं ।  क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

रोजगारीका लागि गैरकानुनी बाटोबाट किर्गीस्तान नजान दूतावासको आग्रह

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै