एनआरएन यूकेको युवा संयोजकमा तिर्थ मल्लको उम्मेदवारी दर्ता



लण्डन । गैरआवासीय नेपाली संघ, यूकेको युवा संयोजक पदमा युवा व्यवसायी तिर्थ बहादुर मल्ल (अनिल) ले उम्मेदवारी दर्ता गराएका छन् । जुलाईको ३१ का लागि निर्धारित एनआरएन यूकेको निर्वाचनका मल्लले उम्मेद्वारी दर्ता गरेका हुन् ।

उनले एनआरएनमा युवा सहभागिता कम भएकाले आफूले उम्मेदवारी दर्ता गरेको बताएका छन् । उनले भने, ‘एनआरएन जस्तो गैरआवासीय नेपालीहरुको छाता संस्थामा पनि युवाहरुको सहभागिता अहिलेसम्म नगण्यजस्तै छ । संस्थाप्रति युवालाई आकर्षित गर्दै संगठित गर्नु मेरो प्रमुख प्राथमिकता रहनेछ ।’ कलिलो उमेरमै बेलायतमा एक व्यवसायीका रुपमा स्थापित उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

एनआरएन होस् वा मिडिया, भलिबल होस् वा विभिन्न च्यारिटी कार्यक्रम, विगत केहि वर्षदेखि समुदाय र विभिन्न सामाजिक कार्यहरुमा निरन्तर खटिंदै आएका छन् । उनी हाल मोना यूकेको युथ टिममा अध्यक्षको जिम्मेवारी सम्हालेका मल्लले संस्थाले वर्षेनी आयोजना गर्ने बेलायतव्यापी भलिबल प्रतियोगितामा पनि संयोजकको भूमिका खेल्दै आएका छन् । युवाहरुको माझ लोकप्रिय अनिल युवाहरुकै सल्लाह र आग्रहअनुसार एनआरएन यूकेको युवा संयोजकमा उम्मेदवारी दिने निर्णय लिएका अनिलसँग केही भिजन र कार्ययोजना छन् ।

बेलायतमा जन्मिएका र यतै हुर्किंदै गरेका नेपालीहरुको दोस्रो पुस्ताले भोगिरहेका विभिन्न समस्या समाधानका लागि पहल गर्न समेत एनआरएन ‘प्लेटफर्म’ उपयोग गर्ने लक्ष्य उनीसँग छ । विभिन्न खेलकुद र मनोरञ्जनात्मक इभेन्टहरुमार्फत संस्थामा युवा सहभागिता बढाउने र आर्थिक कोष जुटाउनेसम्मका कार्यक्रम आफ्नो एजेण्डाभित्र पर्ने उनले जनाए ।

उनले कोभिड महामारीमा नेपालको हेटौडा, काठमाडौ लगायतका स्थानहरूमा रोजगारी गुमाएका श्रमिक परिवार र सर्वसाधारणलाई खाद्यान्न, लत्ताकपडा तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएका छन् । उनको जित सुनिश्चित गराउनका लागि सबै पक्षवाट सहयोग र सहानुभूति प्रकट भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानडाका लागि नेपाली राजदूतद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं ।  क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

रोजगारीका लागि गैरकानुनी बाटोबाट किर्गीस्तान नजान दूतावासको आग्रह

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै

जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै पौडेल

वासिङ्टन डिसी । कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती