यसकारण एनआरएन क्षेत्रीय संयोजकमा मेरो उम्मेदवारीः सन्तोष भट्टराई



गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको आशन्न विश्व सम्मेलनको पूर्वसन्ध्यामा
मेरो उम्मेद्वारी।

२००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ अहिले ९ औं विश्व सम्मेलनको पूर्व सन्ध्यामा आईपुगेको छ। यस बिचमा पंजीकृत सदस्यहरू बढ़ेका छन्, सदस्य देशहरू बढेका छन्, हिजोका उदेश्यहरू परिस्कृत भएकाछन्, उत्तरदायित्व बढेको छ, अपेक्षाहरू बढेका छन्, हाम्रो दक्षता बढेको छ, हाम्रो क्षमतामा अभिबृद्धि भएको छ, त्यसैले संस्थाको नेतृत्व गर्छु भन्नेको संख्या पनि बढेको छ। यो स्वभाविक प्रक्रिया पनि हो, यसमा म पनि एउटा हिस्सा थिएँ र छु ।

विगतको निर्वाचनमा मलाई विश्वभरिबाट प्राप्त मत ले यस संस्थामा रहेर काम गर्नुपर्ने नैतिक जिम्मेवारी थपिदिएको छ । म प्रति हिजो मत मार्फत र आजभोलि प्रत्यक्ष, फोन र वैकल्पिक सम्पर्क माध्यमबाट जाहेर भएको र भैरहेका अभिमत र भावनाहरूलाई कदर गर्दै यस संस्थामा रहेर काम गर्ने निर्णयमा म पुगेको छु ।

उम्मेद्वारीको लागि मात्र उम्मेद्वारी नभई जिम्मेवार तवरले भावनात्मक रूपमै देशको समिृद्धिको अभियानको साथै हाम्रा स्थानीय आवश्यकता र समस्यामा समेत योगदान गर्नु पर्छ र त्यो जिम्मेवारी बहनगर्न म सक्षम छु भनेर नै नेतृत्वको लागि तयार भएको छु।

व्यक्ति भन्दा संस्था र पद भन्दा परिणाम महत्वपूर्ण हो भन्ने कुराको राम्रो हेक्का राखेर आफ्ना विचार हरूलाई राख्ने कोसिश गरेको छु।

२००५ देखि यस संस्थामा निरन्तर लागी रहेर विभिन्न जिम्मेवारीहरू बहन गरि थुप्रै अनुभवहरू संगाल्न पाएको कुरा म स्मरण गर्न चाहान्छु।

यो लामो यात्रामा अग्रजहरूबाट धेरै सिक्ने, साथिहरू चिन्ने र अनुभव साट्ने मौक मिलेको छ, यो नै मेरो आत्मविश्वासको आधारशिला हो। विभिन्न परोपकारी कार्यहरू, परियोजनाहरू, नीति र सांगठनिक गतिविधि तथा विपत्तकालिन कामहरूमा समय समयमा जोडिन पाएकोले पनि यो संस्थासंग मोह बढेको महशुस गरेको छु ।

खास गरी नेपाली नागरिकताको निरन्तरता, नेपालको व्यापार तथा पर्यटन प्रवद्र्धन, शिप साधन र स्रोतको परिचालन, तथा मानवीय सहयोगको अलावा केहि स्थानीय विषयहरूमा पनि यो साझा तथा छाता संगठनमा छलफल र पहलहुन जरूरी देखिन्छ। संसारभरी बढिरहेको आप्रावासन र विदेश वसाईले जन्माएका केहि महत्वपूर्ण विषयहरूलाई उल्लेख गर्न चाहान्छु।

माइग्रेशन, ईन्ट्रिगेशन, भाषा र संस्कृतिलगायतका समस्या, व्यवसायिक स्थायीत्व, लगानीका सम्भावना, क्षेत्रीय कोष आदि।

प्रत्येक क्षेत्रहरूमा आआफ्नै किसिमका समस्याहरू छन्। क्षेत्रीय हिसाबले समाधानका उपायहरू पनि फरक फरक नै हुन्छन्। विशेषगरी यूरोप क्षेत्रमा यी विषयहरूमा कार्यदल बनाएर विशेष पहल गर्नु पर्ने आवश्यकता देखिन्छ।

गैरआवासीय नेपालीहरूको ठूलो बाहुल्यता रहेको यूरोपमा हाम्रा दोश्रो पुस्ताको संख्या पनि ठूलै रहेको छ। दोश्रो पूस्तालाई नेपाल र हाम्रो संस्कृतिसंग जोड्ने ठूलो चुनौति हामी सामू यथावत छ।

यूरोप अमेरिका लगायतका देशहरूमा हामी आउने क्रम सँगै समस्याहरू पनि बढेका छन्। भाषाको कमी र कानुनको अनभिज्ञता को कारण झेल्नु परेका समस्याहरू पनि धेरै छन्।

उद्यमशील बन्दै गईरहेका कतिपय नेपालीहरूमा व्यवसायिक ज्ञानको कमीको कारण, घटाउन सकिने समस्याहरूको कारण जोखिम उठाउनु पर्ने स्थितिलाई नकार्न नमिल्ने अबस्थाछ। सानो पूँजिलाई लगानी गर्ने ठाऊँ नपाएर बसेका गैरआवासीयहरूको संख्या पनि प्रशस्त छ ।

संयुक्त लगानि र लगानीका सम्भावनाहरू खोज्ने काम पनि हाम्रै हो । नेपालको पर्यटनको सामूहिक प्रबद्र्धन गर्न सकिएको छैन ।

अन्तराष्ट्रिय समन्वय परिषदले विशेष निर्देशन गर्ने र क्षेत्रीय बैठक तथा सम्मेलनहरूमा यि विषयहरूमा गहन छलफल र अध्ययन गरि कार्यदल बनाएर काम गर्दा आफ्ना सदस्यहरूको मर्मको सम्बोधन हुनुको साथै प्रभावकारी परिणाम ल्याउन सकिनेमा म विश्वस्त छु।

विपतकालिन अवस्थामा राहतको निम्ति आर्थिक सहयोगको आह्वान गर्ने र संकलन गर्दा गर्दै तत्कालीन राहतको समय गुज्रने र कतिपय अवस्थामा कवुल गरेको रकम नै जम्मा नहुने कारणले प्रभवकारी सहयोग गर्न नसकेको कुरालाई महशुस गर्दै एउटा क्षेत्रीय कोषको अवधारणालाई अघि बढाउन जरूरी देखिन्छ ।

हालसम्मका क्षेत्रीय बैठक तथा भेलाहरूमा यि विषयहरूमा धेरै चर्चा परिचर्चा नभएको हुनाले अबको क्षेत्रीय बैठक तथा भेलाले यि विषयहरूलाई पहिलो प्रथमिकतामा राख्नुपर्छ भन्दै, आगामी कार्यकाल २०१९/२०२१ को लागी यूरोप क्षेत्रीय संयोजकको पदमा रहेर काम गर्ने आफ्नो ईच्छा अभिव्यक्त गर्दछु ।

विगतमा जस्तै याहाहरूको सहयोग र सद्भाव रहने छ भन्ने कुरामा म विश्वस्त छु। याहाँहरूको सहयोगमा याहाँहरूसँगै मिलेर देशको सम्रिद्धिको अभियानमा लाग्ने मेरो बाँचा दोहोर्याउदै, सबैमा सहयोगको निम्ति हार्दिक अपील गर्दछु।
सन्तोष कुमार भट्टराई
उम्मेद्वार
यूरोप क्षेत्रिय संयोजक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

  लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । 

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग

काठमाडौँ। २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय