सभामुख घिमिरेद्वारा पाँच वटा विधेयक प्रमाणित



काठमाडौं सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा उत्पत्ति भएका पाँच वटा विधेयक प्रमाणित गरेका छन् ।

सोमबार सभामुख घिमिरेले सङ्घीय संसदले नेपालको संविधानको धारा १११ बमोजिम पारित गरेकाले सभामुखले धारा ११३ (१) बमोजिम विधेयकहरू प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरेका हुन् ।

सभामुख घिमिरेले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ र निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ प्रमाणित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरीदेखि न्यायालय हुँदै राष्ट्र बैंकसम्मको नियुक्तिमा स्वार्थले काम गरेको छः शिशिर खनाल(अन्तरवार्ता)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य शिशिर खनाल प्रतिनिधिसभाका सदस्य हुन्

राजतन्त्रका पक्षधर कस्ता हुँदारहेछन् भन्ने चैत १५ मै देखियोः प्रधानमन्त्री ओली

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना

नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ ।

वर्तमान सरकार नसुध्रिए बालुवाटार घेरेर भातपानी बन्द गरिदिने राजेन्द्र लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र