ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति देउवा



काठमाडौं ।  नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद–उल–फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको बताएका छन् ।

सभापति देउवाले सोमबार ईद–उल–फित्रका अवसरमा शुभकामना सन्देश दिँदै ईद पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको र यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रितिरिवाज र चाडपर्व रहेको बताएका छन् ।

‘विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान हो, यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, त्यस मध्ये ईद–उल–फित्र पर्व पनि एक महत्वपूर्ण पर्व हो’, सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

सभापति देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद–उल–फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना (ईद मुवारक) व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजतन्त्रका पक्षधर कस्ता हुँदारहेछन् भन्ने चैत १५ मै देखियोः प्रधानमन्त्री ओली

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना

नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ ।

वर्तमान सरकार नसुध्रिए बालुवाटार घेरेर भातपानी बन्द गरिदिने राजेन्द्र लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र

संविधान संशोधनका लागि ‘प्याण्डोरा’को बाकस खोलेजस्तो गर्दैनौँः प्रधानमन्त्री ओली

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने