विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग



काठमाडौँ । विदेशमा कार्यरत नेपालीको जीउधनको सुरक्षाको प्रत्याभूति र त्यहाँ ज्यान गुमाएकहरुको शव स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहलका लागि सांसदहरुले सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का सुमिना तामाङको वैदेशिक रोजगारीका क्रममा इराकमा मृत्यु भएको र शव नेपाल झिकाउनका लागि आवश्यक कानुनी र कूटनीतिक प्रक्रिया अघि बढाउन माग गरे ।

सांसद डा चन्दा कार्की भण्डारीले पछिल्लो नौ दिनमा देशका विभिन्न स्थानमा १५ जनाको शव फेला परेको उल्लेख गर्दै सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको बताइन् । उनले हरेक तीन दिनमा औसत पाँच जनाको हत्या भइरहेको दाबी गरिन् ।

सांसद कृष्णकुमार श्रेष्ठले बाराका व्यवसायीहरुले जिल्ला प्रशासनबाट अनावश्यक दुःख भोग्नु परेको बताए । बारा जिल्लाको विकास निर्माणका लागि आफूले संसद्मा पटकपटक कुरा उठाए पनि त्यसको सुनुवाइ नभएको श्रेष्ठको भनाइ छ । अमलेखगञ्जका नागरिकका लागि खानेपानीको व्यवस्था गर्न उनले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद लालवीर चौधरीले बर्दिया जिल्लामा जङ्गली जनावर र मुख्यगरी हात्तीको आक्रमणबाट नागरिकले ज्यान गुमाइरहेको र जङ्गली जनावरको त्रास बढिरहेको विषय संसद्मा राखे । मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि पनि उनले आग्रह गरे ।

त्यस्तै, जङ्गली जनावरको आक्रमणबाट पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ ।
सांसद डा अमरेशकुमार सिंहले दलितमाथि हुने विभेद अझै कायम रहेको बताए । सर्लाहीमा अवैध ढुङ्गा बालुवा खानी नजिक आपराधिक घटना बढिरहेको विषय पनि उनले संसदमा उठाए ।

सांसद सीताकुमारी रानाले बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीयले राष्ट्रिय जनावर गाईलाई खोलामा बगाएर मारेको विषयमा संसद्मार्फत ध्यानाकर्षण गराइन् । गाई चोरी–पैठारी भइरहेको विषय पनि उनले संसदमा उठाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको निष्कर्षः मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन

काठमाडौं । नेकपा एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकालेको छ ।

प्रतिक्रियावादीहरूले केही मानिसहरूलाई उचाल्ने कोसिस गरिरहेकाले त्यसको सबैले प्रतिवाद गर्नुपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डले इतिहासको चक्का पछाडि फर्काउने

अब संविधान संशोधन गर्न ढिलाइ गर्नुहुँदैनः सांसद सिटौला

काठमाडौँ । नेपाली कांगे्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्न

लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि