सरकार उल्टो बाटो हिँड्योः अध्यक्ष केसी



काठमाडौं । राष्ट्रि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले पूर्वविशिष्टहरुलाई कानुनी व्यवस्था गरेर सेवा सुविधा दिने व्यवस्था गरिरहेकोप्रति आपत्ति जनाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा केसीले मुलुकको कमजोर आर्थिक अवस्था हुँदाहुँदै यसरी सेवा सुविधा थप गर्नु उपयुक्त नभएको भन्दै सरकारलाई यसमा गम्भीर भएर सोच्न आग्रह गरेका हुन् ।

व्यवस्थामाथि नै आक्रोश बढिरहेका बेला यस्ता काम नगर्न उनले सरकारलाई आग्रह गरे । उनले भने, ‘मुलुकको यस्तो आर्थिक अवस्था देख्दादेख्दै, लाखौं बेरोजगार नेपाली विदेशको गल्ली भौतारिँदा यस्तो बेला सरकारले पूर्वविशिष्टहरुलाई कानुनी व्यवस्था गरेर सेवा सुविधा दिने व्यवस्था गरिरहेको छ । यो के गरेको ? स्याल बौलायो भने सहरतिर पस्छ भन्ने उखान छ, त्यस्तै भयो । यसमा सरकार गम्भीर होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकतन्त्रमा बिरोधका विभिन्न रुप हुन्छन्, फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमा विरोधका विभिन्न रूपहरू

राष्ट्रपतिले गरे चारवटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । दुवै सदनबाट

प्राप्त उपलब्धि र जनताको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनलाई ढाकछोप नगरौँः मुख्य सचेतक घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले मुलुकमा प्राप्त उपलब्धि र जनताको

‘बूढानीलकण्ठ स्कूलको गुणस्तर खस्कियो भन्दा मलाई दुःख लाग्छ, तपाईंहरु पढेको स्कूलबारे चिन्ता लाग्दैन ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले चेतनाको दियो बन्नुपर्ने विद्यार्थी