साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको सूत्रमा बाँध्छः पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषा, कला, साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको सूत्रमा बाँध्ने बताएकी छन् ।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले शुक्रबार आयोजना गरेको ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन’को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले मानव सभ्यताको उद्गम हिमवतखण्डका राष्ट्रहरूबीच एकता हुनु जरुरी भएको बताइन् ।

“हिमवतखण्ड भाषा, कला, साहित्य र संस्कृतिका हिसाबले पौराणिक भूगोल हो, यसका बारेमा अध्ययन, अनुसन्धान भइरहेको छ”, उनले भनिन्, “यस्ता सम्मिलनले हिमवतखण्डभित्रको भाषा, कला, साहित्य र संस्कृतिको विकासमा मद्दत पुग्छ, नेपालीलाई एकतामा बाँध्ने काम पनि गर्दछ ।”

उनले भाषा, कला, साहित्य र संस्कृतिले नेपालीलाई भूगोल भिन्न भए पनि कला र साहित्यले भौगोलिक सीमालाई तोड्दै एकतामा सदा बाँध्ने विश्वास गर्दै यस्तो सम्मिलनले यस भूभागको गरिमालाई अझ मजबुत गराउने बताइन् ।

“हिमवतखण्डका बारेमा विश्वले अध्ययन गरिरहेको छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “यो खण्डका नेपालीलाई भावनात्मक रूपमा बलियो बनाउन, प्रचीन मौलिक संस्कृतिको योग, ध्यानलाई संरक्षण गर्न जरुरी छ ।”

उनले हिमवतखण्ड नेपालमा सबैभन्दा प्राचीन ग्रन्थ ऋगवेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको र यसै भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादुर्भाव र विस्तार भएको स्मरणसमेत गराइन् ।

पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँलाले हिमवतखण्ड भौगोलिक र आध्यात्मिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको र पछिल्लो समयमा पश्चात्य संस्कृतिले आक्रान्त पारेको हुनाले नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

काशी हिन्दू विश्वविद्यालयको संस्कृत विभागका प्रमुुख प्रा डा दिवाकर प्रधानले नेपाल–भारतबीच सनातनी सम्बन्ध रहेको र आगमी दिनमा सहकार्य गरेर जान सकिनुका साथै नेपाली भाषा–कला र संस्कृतिको संरक्षण हुने बताए ।

मदन भण्डारी फाउन्डेसनका कार्यवाहक अध्यक्ष उषाकिरण भण्डारीले नेपालीको माटो सुहाउँदो विकास, भाषा, कला, साहित्य र संस्कृतिको विकास गर्ने उद्देश्यले मदन भण्डारी फाउन्डेसनले काम गरिरहेको बताइन् ।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठान अध्यक्ष तथा सम्मिलन आयोजक समितिका संयोजक डा विजय सुब्बाले हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबीच सांस्कृतिक आदानप्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञान परम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने उद्देश्यले सम्मिलनको आयोजना गरेको जानकारी दिए । सम्मिलन आजदेखि ३ गतेसम्म चल्नेछ ।

सम्मिलनमा हिमवतखण्डका नेपालका सातवटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, आसाम, मणिपुर, मेघालय, उत्तराञ्चल), चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डमा बसोबास गर्ने नेपालीहरू सहभागी छन् ।

सम्मिलनमा नेपाल बाहिरबाट १० वटा कार्यपत्र प्रस्तुत गरिनेछ । नेपालबाट सात प्रदेशबाट सातवटा र नेपाली विज्ञहरूबाट पाँचवटा गरी २२ वटा कार्यपत्रका प्रस्तुत गरिनेछ ।

सम्मिलनमा विदेशबाट कलाकारसहित एक सय जना आएका छन् । सहभागी देशभरबाट करिब दुई सय जना तथा आयोजक, सल्लाहकार गरी जम्मा करिब एक हजारको उपस्थिति रहेको छ ।
शनिबार विभिन्न कार्यपत्र प्रस्तुत हुने छभने आइतबार सम्मिलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, विकसित राजनीतिक घटनाक्रमको समीक्षा हुने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ

जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्यः मन्त्री ठकुरी

काठमाडौं ।  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी

राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्व लागिपरेका छन्ः समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा हुने विरोध प्रदर्शनमा सहभागी हुन