लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्छ : सांसद यादव



काठमाडौँ । जसपा नेपालका सांसद राजकिशोर यादवले लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्ने बताएका छन् । उनले व्यवस्था मात्रै फेरिएर नहुने उल्लेख गर्दै कार्यशैली पनि फेरिनुपर्ने बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद यादवले सबै दलले विगतमा भएका गल्ती कमजोरी सुधार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

चुरे विनाशविरुद्ध बोल्ने पत्रकारको क्यामरा फुटाउनु लोकतन्त्रविपरीत कार्य भएको उनको भनाइ थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा वरीयताका आधारमा पहिलो नम्बरमा सिफारिस डा सङ्गीता कौशल मिश्रालाई सचिव बढुवामा सिफारिस नगरिएकामा सांसद यादवले आपत्ति जनाए ।

त्यस्तै लोसपाका सांसद रामप्रकाश चौधरीले स्वास्थ्य सचिव सिफारिस राजनीतिक आस्थाका आधारमा गरिएको आरोप लगाए । उनले गत साउनमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको विषयमा निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै नागरिक उन्मुक्तिका सांसद गङ्गाराम चौधरीले खुला सिमानाका कारण अवैध निकासी पैठारी नरोकिएको बताए । शिक्षक आन्दोलनरत रहेका उल्लेख गर्दै सांसद चौधरीले उनीहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया

वीरगञ्ज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अन्य लोकतान्त्रिक मुलुकमा जस्तै

अग्रगामी एजेन्डामा जानुको विकल्प छैन, पछाडि फर्कने तर्फ कसैले सोच्छ भने परिणाम राम्रो हुन्नः अध्यक्ष प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी

अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभामा सुशासनसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभामा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन