पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल



काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाउ’ प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरेको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनकाअनुसार जातीय, सामुदायिक तथा लैङ्गिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको र संशोधित विधानअनुसार जसपा नेपालले थप दुई जना उपाध्यक्ष र एक महासचिव तथा ११ जना केन्द्रीय कार्यकारिणी सदस्य थप गर्नेछ ।

संशोधित धारा २९ को उपधारा ३ अनुसार सङ्घीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित २१ जना सदस्य रहनेगरी केन्द्रीय कार्यकारिणी समिति गठन हुने भएको बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्डले भोलि संसदमा सम्धोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा

मुकुल ढकालको जिकिरः रवि दाइले भित्रिरूपमा देउवा र ओलीसँग सम्झौता गरिसक्नुभो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले रास्वपा सभापति रवि लामिछानेले

राजावादीप्रति प्रधानमन्त्रीको कटाक्षः एउटा जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा धार्मिक भ्रमणको सिलसिलामा सोमबार भारत प्रस्थान गरेकी