जनताका समस्या बुझ्न अभियान उपयोगी हुने प्रचण्डको विश्वास



विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानबाट जनताका समस्या बुझ्न मद्दत पुग्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल, मोरङ शाखाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले दक्षिणी क्षेत्रमा बसोबास गर्ने आदिवासी, जनजाति, मधेसीका समस्याबारे जान्न तिनलाई समाधानको पहल थाल्न जागरण अभियान उपयोगी हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले भने, ‘आर्थिक विकासका निम्ति जागरण अभियान आवश्यक छ, यसबाट उत्पादन र उत्पादकत्व बढाउन पनि मद्दत मिल्नेछ । मेचीदेखि महाकालीसम्मको यो अभियान सुशासनका निम्ति पनि हो ।’ अभियानबाट जनता उत्साहित भएका बताउँदै उनले परिवर्तनको संवाहक नेकपा (माओवादी केन्द्र)भएको जिकिर गरे ।

अध्यक्ष दाहालले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमा राजनीतिक विसङ्गतिको अन्त्य भई जनताको शान्ति र समृद्धिको चाहना पूरा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको

जेनेभा पुगेर परराष्ट्रमन्त्री राणाले भनिन्-न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छौं

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग

नेपालका विधायकले कानुन र विकास दुवै हेर्नु परेको छः सांसद रोकाय

काठमाडौँ। नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभामा प्रमुख सचेतक कृष्णबहादुर रोकायले संविधान कार्यान्वयनका सन्दर्भमा उपयोग

सेना पनि गुटगत राजनीतिमा लागेको भए यो देशको अस्तित्व रहन्थ्यो त ?

-प्रा डा तीर्थप्रसाद मिश्र नेपाल विविध विशेषतायुक्त गौरवमय गाथा भएको र आफ्नै विशेष