विकास निर्माणका कार्य गर्दा नदीको प्राकृतिक सौन्दर्य बिगार्नु हुँदैनः मन्त्री पाण्डे



काठमाडौं । । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्ने बताएका छन् ।

उनले फिल्म सेरिङ सिस्टर रिभर कर्णाली तथा सन् २०१६ मा सुरु गरिएको ‘ह्यासट्याग फोटो नेपाल’ पुनः सुरु भइ नवीन बरालको ‘कर्णाली नदीः तीन देशका तस्बिरहरु’ प्रदर्शन कार्यक्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

मन्त्री पाण्डेले भने,कर्णाली नदीको संरक्षण गर्ने, नदीहरुको दोहन नगर्ने गरी गरिएको छलफललाई गम्भीरताका साथ लिनुपर्छ । नदीको किनारमा क्रसर उद्योग खोल्ने, हाइड्रोपावर निर्माणका कार्यले नदीको प्राकृतिक स्वरुपमा आँच आइरहेको छ । मानवका रक्त नली जस्तै नदीहरुको सम्बन्ध पनि भूगर्भसम्म रहने गर्छ ।’

उनले विकास निर्माणका कार्य गर्दा नदीको प्राकृतिक सौन्दर्य नबिग्रने गरि पूर्वाधार तथा भौतिक संरचना बनाउनु पर्नेमा जोड दिए ।

उनले विकसित राष्ट्रहरुबाट असन्तुलित रुपमा भएको प्राकृतिक दोहनका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको बताउँदै अन्नपूर्ण वेशक्याम्प लगायतका हिमालहरुमा समेत हिउँ नभएको प्रति चिन्ता व्यक्त गरे ।
मन्त्री पाण्डेले हिमालको हिउँ पग्लेर हिमाल, पहाड र समुन्द्री तट हुँदै समग्र विश्वमा असर परिरहेको बताए । उनले  नेपाल जस्ता अल्पविसित मुलुकहरुले विविध संस्कृति र प्रकृतिको संरक्षणका निम्ति दबाबको आवश्यकता औल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेत्र चापागाईंलाई पराजित गर्दै नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित

प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कोर्टेभालले बिहीबार

रासायनिक मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र

बालविवाह सामाजिक समस्या र कानुनी अपराध होः मुख्यमन्त्री कार्की

  मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह सामाजिक समस्या र कानुनी