सरकारले संसदलाई ‘मिनीमाइज’ गरिरहेको छः प्रमुख सचेतक पाण्डे
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको अपहेलना गरिरहेको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा पाण्डेले सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई नसुनेको र आजको कार्यसूची हटाएको भन्दै सरकारले संसदलाई अपहेलना गरिरहेको बताएका हुन् ।
उनले भने, ‘समग्र क्रियाकलापमा सरकारले संसदलाई मिनीमाइज गरिरहेको छ । अपहेलना गरिरहेको छ । र सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई ठिक तरिकाले सुन्न सकिरहेको छैन । आजको विषयसूचीमा नियमावलीको व्यवस्था अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकबाट यही महिनाको १५ गते कार्यतालिका बनायौं । त्यो कार्यतालिका अनुसार आज भ्रष्टाचार निवारण सम्बन्धी विधेयक प्रस्तुत हुने र पारित गर्ने विषयवस्तु थियो । तर आज सरकारले समय छैन । त्यसकारण कार्यसूची हटाइयो भनेर जानकारी दियो । के सरकारले नियम पालना गर्नु पर्दैन् ?’
जनताका प्रतिनिधिले बनाएको विषयवस्तु सरकारले पनि पालना गर्नुपर्ने बताए ।