राप्रपामा आन्दोलन र संगठन सँगसँगै अघि लैजानुपर्छः लोहनी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता फणीराज (राजु) लोहनीले केन्द्रीय कार्य समितिको वैठकले ‘आन्दोलन र संगठन एकसाथ’ अघि बढाउने निर्णय गरेसँगै सामुहिक नेतृत्वका आधारमा पार्टी संचलान हुने नयाँ वातावरण विकसित भएको बताएका छन् ।

‘राप्रपामा आन्दोलन र संगठन सँगसँगै अघि लैजानुपर्छ भन्ने एउटा सोँच र संगठन बनाएपछि मात्र आन्दोलन गर्नुपर्छ अर्को सोँच थियो । केन्द्रीय कार्य समितिबाट आन्दोलनको मिति र कार्यक्रम तय भएपछि, यो द्विविधा अन्त्य भएको छ । आन्दोलन र संगठन साथसाथ निर्णायक तहसम्म लाने मत स्थापित भएको छ,’ लोहनीले भने ।

महामन्त्री डा. धवलशम्शेर राणाले आन्दोलन र संगठन एकसाथ अघि बढ्नु पर्दछ भन्ने मार्गचित्र काठमाडौंमा माघ ११, १२ र १३ गते सम्पन्न केन्द्रीय समितिको वैठकमा प्रस्तुत गरेका थिए । ‘आन्दोलनबाट संगठन, आन्दोलनबाट परिवर्तन’ भन्ने लाइन राणाको राजनीतिक कार्यपत्रमा समावेश थियो । अध्यक्ष राजेन्द्र लिङ्देन भने संगठनपछि आन्दोलन भन्ने पक्षमा थिए ।

नेता लोहनीको भनाइमा, विधानको व्यवस्था बमोजिम सामुहिक नेतृत्वको आधारमा सल्लाह र सहमतिमा पार्टी संचालन गर्ने गराउने अवस्था प्रष्ट भएको छ । ‘अध्यक्षात्मक प्रणाली भन्ने सोँच पार्टीभित्र कताकता देखिन्थ्यो, त्यो पनि अब अन्त्य भएको छ । एक ढिक्का भएर लक्ष्य प्राप्तिको दिशामा अग्रसर हुने अवस्था सिर्जना भएको छ,’ लोहनीले एक टेलिभिजन अन्तरवार्तामा भने ।

सत्ता केन्द्रीत होइन जनता केन्द्रीत हुने र आन्दोलन गर्ने महाधिवेशनको म्याण्डेट अनुरुप पार्टी चल्नुपर्दछ भन्ने मान्यता स्थापित भएको छ, लोहनीले भने ।

‘केन्द्रीय समितिको वैठक जारी रहँदा राप्रपा फुट्छ कि भन्ने हल्ला जो चल्यो, त्यो निराधार छ । जे भयो त्यो घर भित्रको सल्लाह हो । अध्यक्ष, महामन्त्री लगायत सम्पूर्ण पार्टीपंक्ति एक ढिक्का छ । अबको बाटो भनेको निर्णायक आन्दोलन हो,’ लोहनीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजियो : मन्त्री अधिकारी

नवलपरासी ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारका विरुद्धमा गलत भाष्य

स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : महासचिव पोखरेल

गलकोट । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्थिर सरकार बने मात्रै राजनीतिक स्थायित्व

राष्ट्रियसभाबाट पनि पाँच अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट पनि पाँच वटा अध्यादेश स्वीकृत भएका छन् । बिहीबारको

कर्मचारीलाई सरकारले नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा उभिन्छौँः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै