राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा शुक्रबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

समारोहमा इजराइलका आवासीय राजदूत श्मुलिक एरी बास, स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोल र न्यूजिल्यान्डका गैरआवासीय राजदूत पैट्रिक जोन राटाले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

उक्त समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आरजु भन्छिन्-नेपाललाई बद्नाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार बढी भए

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन

रास्वपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज, महाधिवेशन आगामी फागुनमा हुने

काठमाडौं । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा गएपछि राष्ट्रिय

सरकारविरुद्धको आन्दोलनलाई राप्रपाले सशक्त बनाउने, वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पक्राउ परेका आफ्ना नेताको रिहाइका लागि सशक्त आन्दोलन

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका