परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता



काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अमेरिकी उपविदेशमन्त्री उर्जा जियासँग भेटवार्ता गरेकी छन् ।

अमेरिकाको वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासमा सोमबार भएको भेटमा नेपाल–अमेरिका आपसी हितका विविध विषयमा छलफल भएको थियो । उनीहरूबीच शान्ति, मानव अधिकार र प्रजातन्त्रका विषयमा पनि कुराकानी भएको थियो ।

भेटमा मन्त्री राणाले नेपाल शान्ति, मानव अधिकार र प्रजातन्त्रका पक्षमा रहेको र नेपालको संसद्ले हालै पारित गरेको संक्रमणकालीन न्यायसम्बन्धी कानुनबारे उपविदेशमन्त्री जियालाई जानकारी गराएकी थिइन् । मन्त्री राणाले नेपालले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरू छिट्टै टुंग्याउने बताएकी थिइन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका पुगेकी मन्त्री राणा वासिङ्टन डीसीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उद्धार र राहतमा क्रियाशील रहन नेता कार्यकर्तालाई कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली काग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले राष्ट्रिय विप्दको बेला राहत तथा

प्रधानमन्त्रीको स्वीकारोक्तिः पूर्वतयारीभन्दा ठूलो विपद् आएकाले उद्धार र खोजमा कमजोरी भयो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेका

मौसमको पूर्वानुमान हुँदाहुँदै पनि सरकारले ख्याल नगर्दा ठूलो क्षति भयोः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपद व्यवस्थापनमा सरकारले गरेको