समानुपातिक व्यवस्था व्यवस्थित गर्न दलहरुबीच छलफल भइरहेको छः मन्त्री दाहाल



मोरङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको विकास निर्माण द्रुत गतिले अगाडि बढाउनका लागि निर्वाचन प्रणालीका बाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पारे ।

उनले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा महिला, विभिन्न जातजातिको प्रतिनिधित्व स्थानीय रुपमा निर्वाचित गरेर ल्याउने, समानुपातिक व्यवस्था व्यवस्थित गर्ने सम्बन्धमा दलहरुबीच छलफल भइरहेको जानकारी दिए।

मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेको अधिकार कुनै हालतमा नखोसिने दाबी गरे। उनले भने, ‘संविधान संशोधनमा जनताले थप अधिकारहरू प्राप्त गर्नेछन् ।’

उनले देशव्यापी रुपमा सङ्घीय मन्त्रालयअन्तर्गतका चार हजार पाँच सय किमी सडकका खाडल पुर्ने काम सुरु गरेको तर मौसमले समस्या भएको बताए । मन्त्री दाहालले आज विराटनगरस्थित रेल्वे, हुलाकी सडक, पुलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाडपर्वमा कालोबजारी नियन्त्रण गर्न आफ्नै नेतृत्वको सरकारलाई एमालेको खबरदारी

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले चाडपर्वका बेला महँगी र कालोबजारी नियन्त्रण गर्न

राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तनको असरबारे हाम्रो कुरा संसारले सुनेको छः मुख्य सल्लाहकार रिमाल(अन्तरवार्ता)

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा यसपटक नेपालको प्रस्तुति र ‘इन्गेजमेन्ट’ विगतको

पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीमा सङ्गठनात्मक एकता आवश्यक रहेको बताएका

पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले पर्यटनका माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने अवधारणा अघि सारेको छ