बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक



मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहित बनेको गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रमको सार्वजनिक गरेको छ ।

प्रदेशसभा सचिवलायमा मुख्यमन्त्री बहादुरसिंह तामाङले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै त्यसमा आर्थिक समृद्धि हासिलका साथै विकास पूर्वाधार निर्माणलाई जोड दिइएको बताए । पर्यटन क्षेत्रको विकास र सुशासन कायम गर्नेेतर्फ विशेष ध्यान दिने विषय समेटिएका बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले संसदमा रहेका विभिन्न दलहरुको भावनालाई समेटेर राष्ट्रिय गौरवको आयोजना, विकासका पूर्वाधार तथा बजेटको बाँडफाँट निष्पक्ष ढङ्गबाट गरिने विषयलाई प्राथमिकता दिइएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकार जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए ।

सङ्घीय सरकारसँगको समन्वयमा प्रदेश प्रहरी तथा प्रदेश अनुसन्धान ब्युरो स्थापना, तीनवटै तहका सरकारको अन्तरसम्बन्ध, सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संवैधानिक व्यवस्थानको पूर्ण पालना , राष्ट्रिय हितको रक्षा र प्रदेशबासीको समृद्धि, सुशासन कायम गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

कार्यक्रममा प्रदेश सरकार मन्त्रिपरिषद्का सदस्य, प्रदेशसभा सदस्य र सञ्चारकर्मीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविको प्रश्नः कसैको राजनीति बचाइदिनका लागि मैले बलि चढिदिनुपर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले केही नबिराएको बताएका छन्

छबि पक्राउपछि रवि पनि निगरानीमा, कार्यालयका कार्यकर्ताको भेला

काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ पर्ने खबर फैलिएपछि राष्ट्रिय

प्रहरीलाई गृहमन्त्रीको निर्देशनः सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन थाल्नु

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन

राप्रपाले आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण संचालन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रणनीतिक रुपमा आन्दोलन केन्द्रित प्रशिक्षण संचालन