भ्रष्टाचारलाई समाप्त गर्ने विषयमा दलहरुबीच प्रतिस्पर्धा हुनुपर्छः खनाल



 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनवादी र समाजवादी क्रान्तिबारे जानकारी दिँदै राष्ट्रको विकास तथा सुशासनका लागि सबै दलहरुले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

आइतबारपार्टीको दशौं महाधिवेशनको उद्घाटन समारोहमा खनालले कसरी भ्रष्टाचारलाई समााप्त गर्न सकिन्छ भन्ने कुरामा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् ।

उनले उनले, ‘हामी यो देशमा कसरी भ्रष्टाचारलाई समााप्त गर्न सकिन्छ भन्ने कुरामा प्रतिस्पर्धा गरौं। यो देशबाट शोषणलाई कसरी समाप्त गर्न सकिन्छ, यो देशको राष्ट्रिय स्वतन्त्रतालाई रक्षा गर्ने काममा हामी कसरी प्रतिस्पर्धा गरे अघि बढ्न सक्छौं।’

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले हजारौँ सहिदको बलिदानबाट प्राप्त अहिलेको व्यवस्थालाई कमजोर हुन नदिनुपर्ने बताए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रमाथि स्वेच्छाचारी, कमिसन, भ्रष्टाचार बढ्दै गएकाले त्यसको न्यूनीकरण गर्न संविधान संशोधन गर्नुपर्ने विचार व्यक्त गरे ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लोकतान्त्रिक आन्दोलनमा एकीकृत समाजवादीका नेताहरुको ठूलो योगदान रहेको भन्दै समाजवादी आदर्श अवलम्बन गर्ने नेताहरुले सोहीअरूप आचरण सरल बताउनुपर्ने बताए ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि विशेष परिस्थितिमा गठित पार्टीले देश र जनताको सेवामा क्रियाशील रहन सुझाव दिए । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सम्पूर्ण राष्ट्रको विकास तथा जनताको समृद्धिका लागि पार्टीभित्र नयाँ वैचारिक दृष्टिकोण महाधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरिन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय स्वाधिनता बलियो बनाउन सबै दलहरुबीच सहमतिको खाँचो औँल्याए । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले जनताको सामाजिक आर्थिक रुपान्तरणका लागि संविधान संशोधन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीविरुद्धको रिट अब सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएपछि अब

लुम्विनीमा माओवादी नेतृत्वको सरकार अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता

बुटवल । नेकपा एमालेले लुम्विनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयनः अध्यक्षमा नेपाल र महासचिवमा भुसाल चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।

महामन्त्री पद धरापमा पर्ने यस्तो छ मुकुल ढकालको प्रतिवेदन(पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक