दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्तिको महत्वपूर्ण एजेण्डामा ध्यान केन्द्रित गर्नुपर्छः सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको दिगो शान्ति,सुशासन तथा समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

आइतबार नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दैसभापति देउवाले संविधानको रक्षा, संघीय लोकतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्तिको महत्वपूर्ण एजेण्डामा ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

उनले अहिलेको व्यवस्थाको नेकपा एकीकृत समाजवादी गहिरो प्रतिबद्धताका साथ लागि अघि बढेको बताए । मुलुकको परिवर्तनमा माधव नेपालले खेलेको भूमिकाको उनले स्मरण गरे । उनले आगामी दिनमा देशको महत्वपूर्ण एजेण्डमा समाजवादीले आवश्यक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीविरुद्धको रिट अब सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएपछि अब

लुम्विनीमा माओवादी नेतृत्वको सरकार अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता

बुटवल । नेकपा एमालेले लुम्विनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयनः अध्यक्षमा नेपाल र महासचिवमा भुसाल चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।

महामन्त्री पद धरापमा पर्ने यस्तो छ मुकुल ढकालको प्रतिवेदन(पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक