आन्दोलनरत चुरेवासीको माग सम्बोधन गर्न सांसद पौडेलको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चुरे संरक्षणको माग राख्दै लामो समयदेखि आन्दोलनमा रहेका नागरिकको माग पूरा गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद पौडेलले चुरे संरक्षण गर्न देशभर वृक्षारोपण अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले दिवसका अवसरमा गमलामा बिरुवा रोपेर चुरेको संरक्षण नहुने भन्दै सरकारले बृहत्त वृक्षारोपणको अभियान नै सञ्चालन गर्नेुपर्ने सुझाव दिए ।
उनले भने, ‘सम्मानीय प्रधानमन्त्रीज्यूले रोष्ट्रममा आएर भन्नुभयो, ‘मेरो भारत भ्रमणका बारेमा जानकारी गराउन ढिलो भयो । किन कि म दशौं चुरे संरक्षण दिवसका अवसरमा सिराह गएको थिएँ। त्यो कार्यक्रम महत्वपूर्ण भएकाले म सदनमा आउन सकिन । म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु। गमलामा बिरुवा रोपेर चुरेको संरक्षण हुँदैन । इलामदेखि कञ्चनपुरसम्म करोडौं बिरुवा रोप्न सक्यौं भने मात्रै चुरेको संरक्षण हुनसक्छ।’
पौडेले सरकारले चुरे संरक्षणको विषयलाई गम्भीररुपले लिनुपर्ने बताए।