नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावकः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताएका छन् ।

‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेता कर्माचार्य क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताए ।

“उहाँको नाममा ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ स्थापना भएको छ”, प्रधानमन्त्री दाहालले भने, “कर्माचार्यको सम्मान र सम्झनामा ललितपुरको महालक्ष्मीस्थानमा ‘नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय’ स्थापना भएको छ ।”

दिवङ्गत कर्माचार्यले २००५ सालदेखि प्रजातन्त्र सङ्घमा आवद्ध भएर राणाविरोधी आन्दोलन र मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने चार जना संस्थापकमध्ये उनी एक भएको स्मरण गरे ।

चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित कर्माचार्यले कम्युनिष्ट पार्टीको गठनपश्चात् मजदुर सङ्गठन स्थापना गरेको प्रधानमन्त्री दाहालले जानकारी दिए। मजदुर आन्दोलनको उत्थानका निम्ति निरन्तर सक्रिय कम्युनिस्ट नेता कर्माचार्यले पार्टी र जनप्रतिनिधिको भूमिका सँगसँगै पूरा गरेको उनले बताए ।

निष्कलङ्कित, विवादरहित, सादगी र मिलनसार नेता कर्माचार्य समन्वय तथा समझदारीका लागि सदा प्रयत्नशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सिद्धान्तनिष्ठ, क्रान्तिप्रतिको विश्वास, क्रान्तिकारी स्पिरिटप्रतिको लगाव भएको नेता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको

सदन चल्ने सहज वातावरण नभए अध्यादेशको बाटो रोज्नुपर्ने हुन्छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा

जतिपटक विश्वासको मत लिनु परेपनि पाउनेमा विश्वस्त छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि

व्यक्तिलाई होइन समस्यालाई केन्द्रित गरेर संसदीय समिति गठन गर्नुपर्छः ईश्वर पोखरेल

  मोरङ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित