आफ्नो पार्टीमा एक लाख २० हजार नयाँ सदस्य थपिएका एकीकृत समाजावदीको दाबी



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन् । सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा ती सदस्य थपिएका पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

गत फागुन र चैतमा सञ्चालित अभियानमा पार्टीका सबै तहका कमिटी परिचालन गरिएका थिए । साथै महाधिवेशनमा सहभागी हुने सबैको सदस्यता नवीकरण भएको छ ।

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने १०औँ राष्ट्रिय महाधिवेशनको तयारी पनि गरिरहेको छ । महाधिवेशनलाई सफल बनाउन गठित विभिन्न कमिटी क्रियाशील छन् ।

पार्टीको राजनीतिक दस्तावेज, विधान, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेज सम्बन्धित कमिटीमा अध्ययनका लागि पठाइएको सचिव श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा

नेपाली कांग्रेसले संसदमा अवरोध जारी राख्ने

काठमाडौं । नेपाली कांग्रेसले सदन अवरोध जारी राख्ने भएको छ । सरकार संसदीय

आगामी निर्वाचनपछि एमाले निर्णायक शक्तिमा पुग्छः अध्यक्ष ओली

  काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको