गगन थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा



नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा बिहीबारदेखि सुरु गरेका छन् ।  बिहीबार बिहान ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गरेका हुन् ।

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो ।
दोस्रो चरणको संवाद यात्रा आज, भोलि र पर्सी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने काँग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिए ।

महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने गरेका छन् । यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरुको निरिक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ ।

सुरुदेखि नै हुलाकी मार्गमा भइरहेको संवाद यात्रा अन्तर्गत आज महामन्त्री थापा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुदै जिल्ला पार्टी कार्यालय पुगेर रुपन्देही प्रस्थान गर्नेछन् । थापा नेतृत्वको संवाद यात्रा टोलीले १६ गते नै कपिलवस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुदै चन्द्रौटासम्म संवाद गर्नेछ ।

त्यसैगरी १७ गते विहान दाङको गोवरडिहामा थारु संवादबाट सुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुदै बाँके प्रस्थान गर्नेछ । बाँकेमा उनले १७ गते सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्नुहुने र फत्तेपुरमा जनसंवाद गर्नुहुने यात्रामा संगै रहेका नेविसंघका पुर्व महामन्त्री युवराज पाण्डेले जानकारी दिए ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समुदायमा कांग्रेस अभियान अन्तर्गत नै महामन्त्री थापाले यो संवाद यात्रालाई निरन्तरता दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त

जसपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

  काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको

कोसीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

विराटनगर । कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको