यिनै भिजनविहीन र निष्ठारहित नेताबाट समृद्धि सम्भव होला ?



डा. बाबुराम भट्टराई ।
धेरै महानुभवहरूले बाबुराम ‘एक्लियो’ ‘हरायो’ भनेर चिन्ता गरेको देखियो। चिन्ता त्यता हैन यता गरौंः

१.वर्षमा तीन चोटी गठबन्धन र सरकार परिवर्तन हुने र उनै भिजनविहीन, गफाष्टक,आत्मकेन्द्रित, विवादास्पद मान्छेबीच कुर्सी साटासाट भैरहने हो भने भिजिनरी नेतृत्व सहितको राजनीतिक स्थीरता कसरी हासिल हुन्छ ? लोकतान्त्रिक स्थीरता विना देश कसरी सुशासित र समृद्ध हुन्छ ? यस निम्ति छिटो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ढाँचामा प्रत्यक्ष निर्वाचित व्यवस्थापिका प्रणालीमा किन नजाने ?

२. पालैपालो सबै प्रमुख दल र नेताको नेतृत्व रहेका सरकारहरू अर्बौं अर्बका भ्रष्टाचार काण्डहरूमा मुछिएको जगजाहेर भैसक्दा उनीहरूले नै अहिले भएकै शक्तिविहीन संसथाहरूमार्फत् भ्रष्टाचारीलाई कार्वाही गर्छन् र देशमा सुशासन कायम हुन्छ भनेर आशा गर्नु नीतिकथाको स्यालले ‘झर्ला र खाउँला’ भनेजस्तै हुन्न र ? अधिकारसम्पन्न र स्वायत्त जनलोकपाल वा यस्तै वैकल्पिक संयन्त्र निर्माण गरेर ‘ठूला माछा’ लाई समेत तह लगाउने र देशमा कडाइपूर्क विधिको शासन कायम गर्ने दिशामा किन नजाने ?

३. दशकौंदेखि ३–४ प्रतिशत भन्दामाथि आर्थिक बृद्धिदर हासिल नभएको, देश श्रम निर्यात र वस्तु आयातको दुष्चक्रमा फसेको, व्यापार घाटा र वैदेशिक ऋण वर्षेनी चुलिदै गएको, पहिले उद्योग र पछि कृषि क्षेत्र पूरै धरासायी हुँदै गएको, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको कुरा छेपारोको कथामा सीमित भैरहेको आदि गम्भीर अर्थ–राजनीतिक संरचनात्मक समस्या हल नगरी देश कसरी समृ्द्ध बन्छ ? यिनै भिजनविहीन, निष्ठारहित मान्छेहरूबाट यी कुरा सम्भव होलान् ?
आदि इत्यादि!
अतःहाम्रो सार्वजनिक विमर्शलाई व्यक्ति–केन्द्रित हैन मुद्दा–केन्द्रित बनाउने कि ? बाबुरामहरू त इतिहासमा आउँछन् जान्छन् ! इतिहासले सबैको हिसाब राखिहाल्छ नि !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवाबाट ‘क्रिसमस डे’ को शुभकामना

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था

मातृभाषामा विज्ञान खै ?

डा. गोविन्दशरण उपाध्याय । मैले धेरै पटक उठाएको र आफैंले भोगेको कुरा हो–नेपाली

एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आज बिहान ११ बजे