कांग्रेस सभापति देउवाबाट ‘क्रिसमस डे’ को शुभकामना



काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभामा शुभकामना व्यक्त गरेका छन् ।

प्रत्येक वर्ष डिसेम्बर २५ तारिखको दिन ‘क्रिसमस डे’ लाई इसाई धर्मावलम्वीले धार्मिक–सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन् । यस अवसरमा देउवाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सम्पूर्ण इसाई धर्मावलम्वीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका हुन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यिनै विविधताबीच मनाइने यहाँका विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन्’, सभापति देउवाले भनेका छन् ।

‘क्रिसमस डे’ का अवसरमा सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सबै जनताका माग सम्बोधन हुने विषयमा संविधान संशोधन गर्न हिच्किचाउनु हुँदैनः सांसद शर्मा(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा सुनीलकुमार शर्मा मोरङ निर्वाचन क्षेत्र नं ३

तीनकुने घटना राज्यको आतंकका कारण भयोः सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले चैत १५ गते काठमाडौंको तीनकुनेमा

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोध कायमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरोधलाई

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक