धर्मका नाममा अराजकता मच्चाउने काम भयोः अध्यक्ष केसी



 

लुम्बिनी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प हुन नसक्ने बताएका छन् । उनले देशमा लोकतन्त्रको विकल्प खोज्ने र अनेक प्रकारका प्रचारबाजी गर्ने गरिएको भए पनि देशमा अहिले लोकतान्त्रिक शासन व्यवस्थाको कुनै विकल्प हुन नसक्ने स्पष्ट गरे ।

अध्यक्ष केसीले धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाउँदै यसका विपक्षमा र लोकतान्त्रिक व्यवस्था जोगाउने काममा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

बुटवलमा मंगलबार आयोजित साक्षरता कार्यक्रममा नेता केसीले नेपालमा सङ्घीयताविरुद्ध देशभरबाट यसको आवाज उठ्नु स्वाभाविक भएको दाबीसमेत गरे । प्रदेशलाई खारेज गरी स्थानीय तहलाई आवश्यक अधिकार दिएर बलियो बनाउन सके विकास गर्न सकिने उनको भनाइ थियो ।
उनले लोकतान्त्रिक पद्धतिमा सुशासनभन्दा कुशासन बढेकाले जनतामा वितृष्णा छाएको बताए । नेता केसीले गठबन्धन सत्तामा जानका लागिमात्र गर्न नहुने बताउँदै गठबन्धनमा भएको सम्झौतालाई अक्षरसः पालना गरेर अगाडि बढ्नसमेत दलहरुलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगीको विषयलाई सदन र सडकबाट थप चर्काउने विपक्षी दलहरुको निर्णय, सभामुखले मर्यादा बिर्सिएको ठहर

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरूले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न

कांग्रेसलगायत विपक्षी दलहरुको विरोधकाबीच प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत

कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनीः यसको कांग्रेसले चर्को मूल्य चुकाउनुपर्नेछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद अवरुद्ध गरेर विश्वासको मत लिन अवरोध