आर्थिक सङ्कट समाधान गर्दै बलियो राष्ट्र बनाउन सरकार केन्द्रित हुनुपर्छः महासचिव पोखरेल



दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताएका छन् ।

प्रेस चौतारी नेपाल दाङ शाखाले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहीत स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष संसदमा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने बताए ।

उनले सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिए । उनले देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारुढ दललाई आग्रह गरे ।

उनले अस्थिरताले कोही कसैको भलो नगर्ने हुँदा गहिरिँदो आर्थिक सङ्कट समाधान गर्दै बलियो राष्ट्र बनाउन सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन भएका

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत लिने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने