महानगर बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्याउन पौडेलको माग



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन माग गरेका छन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझाउँदै उनले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्याउने गरी व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।

उनले मेलम्ची खानेपानी आयोजनामा हालसम्म ६५ अर्ब भन्दा बढी राज्यको लगानी भइसकेको उल्लेख गर्दै काठमाडौंवासीलाई खानेपानी उपलब्ध गराउने प्रमुख श्रोतको व्यवस्थापनमा राज्यले विशेष जोड दिन आवश्यक भएको बताए । पौडेलले मेलम्चीको पानी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन निकाय आवश्यक रहेकोसमेत बताए ।

उनले मलेम्चीको पानी काठमाडौं आइसक्यो भनेर मात्रै छोड्नु नहुने भन्दै मेलम्ची विकास समितिलाई कायम गरेर वर्षातको समयमा मेलम्चीको पानी ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले रसुवाको अध्यक्षमा ढकाल निर्वाचित

रसुवा । नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।

जसपाका सांसदहरूको विद्रोह विधिसम्मत र स्वभाविकः महासचिव पोखरेल

ताप्लेजुङ । नेकपा एमालेका महासचिव शंकर पोरखेलले सरकार परिवर्तन गर्न अनेक षड्यन्त्रहरु भइरहेको

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा

बजेट अधिवेशन संचालनबारे सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । बजेट अधिवेशनबारे सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग आज