रवी लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने भएको छ। लामिछानेले सामाजिक सञ्जाल मार्फत मंसिर ४ मा हुने दुई तहको निर्वाचनमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय भएको जानकारी दिएका हुन्।

लामिछानेले भनेका छन्,’केन्द्रीय समितिको निर्णय अनुसार मंसिर ४ मा हुने दुई तहको निर्वाचनमध्ये संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा मात्र हाम्रो सहभागिता रहने छ।’

पार्टीले देशभर गरेको भेलामा प्रदेश संरचनाको आलोचना गरेको र प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएकाले प्रदेश चुनावमा भाग नलिने उनले बताएका छन्।

यस्तै उनले अहिले भएको प्रदेश संरचनालाई सुर्धानुपर्ने बताएका छन्। कस्तो प्रदेश संरचना बनाउनुपर्छ भन्ने प्रस्ताव उनले प्रस्तुत गरेका छन्। उनका अनुसार प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनपर्ने छ। सोही मुख्यमन्त्रीले निर्वाचित भएपछि फरक लिंगको उपमुख्यमन्त्री नियुक्त गर्ने र उनैले जिल्ला प्रमुखहरु नियुक्त गर्नुपर्ने छ।

यसरी गरिने नियुक्ति समावेशी हुनुपर्ने उनको प्रस्ताव छ। उदाहरण दिँदै उनले भनेका छन् जस्तै मधेसमा ८ जिल्ला छन्। जहाँ एक मुख्यमन्त्री, एक उपमुख्य मन्त्री र आठ जिल्ला प्रमुख रहने छन्। सोही मोडल सबै प्रदेशमा लागू हुने उनको भनाइ छ। यस्तै हाल कायम सबै प्रदेश मन्त्रालय खारेज गरिनुपर्ने लामिछानेको भनाइ छ। यस्तै मुख्यमन्त्रीले राष्ट्रपतिसँग सपथ लिने व्यवस्थाको प्रस्ताव पनि स्वतन्त्र पार्टीले गरेको छ।

यस्तै हालको प्रदेश सभा खारेज गर्ने, त्यसको ठाउँमा गाउँपालिका सदस्यहरुबाट समानुपातिक समावेशीताका आधारमा प्रदेश परिषद् गठन गर्ने, प्रदेश परिषद्को बैठक वर्षमा २ पटक, त्यसरी बैठक बस्दाको भत्ता बाहेक अरु सुविधा नदिने उनको प्रस्ताव छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख

मतदान सम्पन्न भएपछि देउवाले भने- लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भयो

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्णरूपमा उपनिर्वाचन