कम्युनिष्ट पार्टीको बर्को ओढेर काँग्रेस जिताउन आउनेलाई जनताले विश्वास नगर्ने ज्ञवालीको दाबी



नेपालगञ्ज । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् । नेकपा एमाले बाँके जिल्ला कमिटीको आयोजनामा खजुरामा आयोजित कार्यकर्ता प्रशिक्षणमा उपाध्यक्ष ज्ञवालीले एमाले निर्वाचनमा पराजित हुँदा राष्ट्रवाद र समाजवाद नै पराजित हुने बताएका हुन् ।

उनले भने, ‘कम्युनिष्ट पार्टीको बर्को ओढेर काँग्रेस जिताउन आउनेहरूलाई जनताले विश्वास गर्ने छैनन् ।’ उनले काँग्रेसलाई नेता मान्नेहरू कम्युनिष्ट हुनै नसक्ने बताए । संसदको पुनस्र्थापना र १० बुँदे सहमतिपछि पनि पार्टी विभाजन हुनु गलत भएको उनको भनाई थियो ।

कार्यक्रममा पार्टीका सचिव तथा लुम्विनी प्रदेश कमिटीका इन्चार्ज छबिलाल विश्वकर्माले कार्यकर्ताको शक्तिको बलमा नेकपा एमाले अहिलेसम्म टिक्न सकेको भन्दै एमाले र यसको नेतृत्वप्रति जन विश्वास कायम रहेको बताए ।

कार्यक्रममा २०७४ सालमा बाँके प्रदेशसभा २(क) बाट तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट विजयी सांसद विजय वहादुर यादव एमालेमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत लिने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने

चुनौतीहरुको सामना गरेर अगाडि बढ्न नेता कार्यकर्तालाई देउवाको निर्देन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा खेलकुद क्षेत्रले ठूलो आयामका रुपमा

संचारमाध्यमलाई सरकारी विज्ञापन न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था मिलाउँछौंः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि

सरकार फेर्ने माखेजालोमा दलका नेता फस्दै जाँदा जनतामा निराशा पैदा भयोः उपसभापति गुरुङ(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत