राप्रपाद्वारा वार्ता समिति गठन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नवनिर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठकले महामन्त्री भुवन पाठकको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै समिति गठन गरिएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । बैठकले समान विधारधारा भएका व्यक्ति, पार्टी, धार्मिक संघ, संस्थासँग एकता र सहकार्यका लागि वार्ता गर्न अर्का महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति समेत गठन गरेको छ ।

त्यसैगरी राप्रपाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष धु्रवबहादुर प्रधान नेतृत्वको समिति गठन गरेको छ । अध्यक्ष लिङदेनले पार्टीका सबै भातृ संगठनहरुलाई १५ दिन भित्र ३ महिना भित्र अनिवार्य रुपमा आफ्नो महाधिवेशन सम्पन्न हुनेगरी कार्ययोजना तथा कार्यतालिका तय गरी पार्टीमा बुझाउन पनि निर्देशन दिइएको बताए ।

पुस महिना भित्र विस्तारित बैठक बोलाउन सबै प्रदेश समितिलाई निर्देशन दिने, राप्रपा छोडी निष्क्रिय भएका, विभिन्न पार्टीमा गएर भूमिकाविहीन भएकाहरुलाई पनि पार्टीका फर्की सक्रिय हुन पनि बैठकले आह्वान गरेको राप्रपाले जनाएको छ ।

त्यसैगरी बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने पार्टीका नेता, कार्यकर्तालगायतका सबैप्रति पनि आभार व्यक्त गरेको छ । बैठकमा अध्यक्ष लिङदेनले महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा र लक्ष्य प्राप्तीका लागि क्रियाशील हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाममा कांग्रेसका खड्काको अग्रता रास्वपाका लिम्बू तेस्रोमा

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको अग्रता

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख