राजनीतिलाई अदालतको विषय बनाउन हुँदैनः वरिष्ठ उपाध्यक्ष पोखरेल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिलाई अदालतको विषय बनाउन नहुने बताएका छन् । अनेरास्ववियुले सोमबार आयोजना गरेको ‘सङ्गठन विस्तार तथा सदस्यता वितरण महाअभियान’ कार्यक्रममा उनले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले निर्वाचनमा जानुको विकल्प नभएको बताए ।

जबसम्म पार्टी रुपान्तरण हुन सक्दैन तबसम्म लोकतन्त्रको रक्षा हुन नसक्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ थियो । चितवन महाधिवेशनबाट एमाले थप एकताबद्ध भएको उनले बताए ।

“एमाले जनता र कार्यकर्तामा भिजेको पार्टी हो”, उनले भने । एमाले नै मुलुकको नेतृत्व गर्ने पार्टी भएको पोखरेलले जिकिर गरे । अब पार्टीको यात्रा जनताको बहुदलीय जनवादको मार्गसिद्धान्तमा समाजवादको आधार तयार गर्ने आधार भएको उनले उल्लेख गरे ।

“नेपालको परिवर्तनको यात्राको नेतृत्व वामपन्थी र कांग्रेस मिलेर गरेको हो”, पोखरेलले भने, “अब नेपाललाई कुन बाटोमा हिँडाउने भन्नेमा राजनीतिक दलले आफ्नो पार्टीभित्र बहस चलाउनुपर्छ ।” अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले देशभरिका युवालाई अनेरास्ववियुमा सङ्गठित गर्नका लागि अभियान सञ्चालन गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन

  काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल

गण्डकीमा सभामुखको बलमिच्याइँविरुद्ध कांग्रेस अदालत जाने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा असंवैधानिक

३० सांसदको समर्थनमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेपछि गण्डकी प्रदेशसभामा कांग्रेसको विरोध

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत विवादमा परेको छ

नयाँ पार्टी गठन गर्न जसपाका अशोक राई पक्षद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । आइतबार पार्टीका