डडेल्धुरामा प्रहरीको घेराभित्र पार्टीको अधिवेशन गर्दा पार्टीको छवि विग्रिएको छः नेता सिंह



धादिङ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन् । बिहीबार धादिङको धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन गर्दै नेता सिंहले १३ औं महाधिवेशनपछि पार्टीको नेतृत्वले विधिपद्धति र मूल्यमान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको बताएका हुन् ।

उनले विधिसम्मत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउनका लागि सक्षम नेतृत्वको आवश्यकता रहेको बताए । पार्टीका वरिष्ठ नेताहरुलाई सम्मान गर्ने तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाई थियो । साथै उनले पार्टीको आसन्न १४ औं महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने बताए ।

‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ । क्रियाशील सदस्यता विधि र पद्धति अनुसार वितरण हुनुपर्छ ।’ उनले भने, ‘यस अघिको सहमति अनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनु पर्दछ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।’

अधिवेशन त समयमा नै गर्न नसकेको कांग्रेसले कसरी देश विकास गर्न सक्छ, भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको उनको भनाई छ । पार्टीलाई ठिक ठाउँमा ल्याउन विधि र पद्धतिको सवैले सही ढङ्गले पालना गर्नुपर्ने उनले बताए ।

पार्टी सभापतिको गृह जिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि विग्रिएको उनको आरोप छ । अधिवेशन हुँदा सवैलाई पद चाहिने तर पदमा पुगीसकेको पछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नुपर्ने उनको भनाई छ । राजनीति सेवाको क्षेत्र भएकाले मेवाको आस गरेर यस क्षेत्रमा लाग्न नहुने सिंहले बताए ।

गणेशमानको परिवारले सधैं त्याग मात्रै गरेको भन्दै अब पार्टीको नेतृत्व पनि गर्ने उनले बताए । पार्टी भित्रको ए काँग्रेस, बी कांग्रेस र सी कांग्रेस हटाउनु पर्ने उनको धारणा छ । जनताको ईच्छा र चाहना अनुसार काम गर्नसक्ने पार्टीको रुपमा कांग्रेसकालाई पुनःस्थापित गर्न आफू लागिपरेको उनले दाबी गरे । हरेक आन्दोलनमा आफूले संघर्ष गर्दै आएको भन्दै उनले गणेशमानको छोरा भएर मात्र राजनीतिमा नआएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानी विदेशमन्त्री खामिखावा नेपाल भ्रमणमा

  काठमाडौँ  । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आइतबार

जापान नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाई थप विकासका लागि दृढतापूर्वक सहयोग गर्न चाहन्छ

खामिखावा योको।   सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित

भोजपुर । नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन्

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिँदै

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।