भक्तपुरका चारवटै नगरमा कांग्रेसको नेतृत्व चयन



भक्तपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भक्तपुरका चारवटै नगरपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । यसरी निर्वाचित हुनेमा भक्तपुरमा राजेन्द्र तमखु, मध्यपुरथिमिमा हरिदास प्रजापति, चाँगुनारायणमा शिवहरि केसी र सूर्यविनायक नगरपालिका सभापतिमा निशान ढुङ्गेल छन् ।

भक्तपुर नगर सभापति तमखु नेतृत्वका उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका छन् ।

मध्यपुरथिमि नगर सभापति प्रजापति नेतृत्वको उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापामगर र रवि घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ विजयी भएका छन् ।

यसैगरी चाँगुनारायण नगर सभापति केसी नेतृत्वको उपसभापतिमा राजकुमार दाहाल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रशेखर खत्री विजयी भएका छन् । सूर्यविनायक नगर ढुङ्गेलका नेतृत्वमा उपसभापतिमा रमण कायष्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्री भन्दा पत्नी निकिता धनी, ८० तोला सुन, २० केजी चाँदी, अरु सम्पत्ति कति ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको छ

प्रधानमन्त्रीको सम्पत्ति २५ लाख नगद, १४ कठ्ठा जग्गा र पाँच तोला सुन

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मंगलबार मन्त्रिपरिषदका

संसदको गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली

उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सूचना बेच्ने मान्छे को हो, संसदमा देखाइदिन उपप्रधानमन्त्री