नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको प्रक्रिया जारी रहँदा नेपाल विद्यार्थी संघको महामन्त्री नियुक्त गरेका छन् । महाधिवेशनका प्रक्रिया सुरु भइरहेका बेला सभापति देउवाले कपिलेश्वर यादवलाई नेविसंघको महामन्त्री नियुक्त गरेका हुन् ।

“नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको भ्रातृ संघ, नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्री पदमा सुनसरीका कपिलेश्वर यादवलाई आज नियुक्त गर्नुभएको छ,” मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विधान बमोजिमका अधिकांश नगरेका देउवाले पार्टीको चार वर्षे कार्यकाल सकिएर पाँचौ वर्ष प्रवेश गर्दा पार्टीका विभागहरू गठन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार