कार्यदलले प्रधानमन्त्रीलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउँदै



काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदै छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेर प्रधानमन्त्री देउवालाई बुझाउन लागेको हो । कार्यदलले बिहान साढे ९ बजे प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन लागेको हो ।

कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठकाअनुसार गठबन्धन सम्बद्ध पार्टीका नेता, कानुनविदलगायतसँग परामर्श गरी प्रतिवेदन तयार पारिएको हो । कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । प्रधानमन्त्रीपछि गठबन्धनका शीर्ष नेतालाई पनि प्रतिवेदन बुझाइने श्रेष्ठले बताए ।

कार्यदलले बिहीबार कार्यविधिलाई अन्तिम रुप दिएको हो । कार्यदलमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसका डा मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी छन् । न्यूनतम साझा कार्यक्रमको टुङ्गो लगाएपछि केही दिनभित्र सरकारले पूर्णता पाउने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको

सुकुम्बासी वस्तीमा डोजर आतंक बन्द गर्न बालेनलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर नचलाउन आग्रह

एमाले जुम्लाको अध्यक्षमा महत निर्वाचित

  जुम्ला ।  नेपाल कम्युनिष्ट पार्टी एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका