संवैधानिक निकायमा पदाधिकारी नियुक्ति संविधानको मर्म विपरितः नेतृ संग्रौला



काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति संविधानको मर्म र भावना विपरितको कार्य भएको बताएकी छन् ।

सामाजिक संजालमार्फत नेतृ संग्रौलाले अध्यादेशमार्फत संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी अदालतमा मुद्दा चलिरहेको अवस्थामा संवैधानिक निकायको नियुक्ति गरिनु संविधानको मर्म र भावना विपरितको भएको बताएकी हुन् ।

उनले लेखेकी छन्, ‘कार्यकारीको रुपमा रहेका प्रधानमन्त्री केपी ओलीको मनोमानी एवम् स्वेच्छाचारिताले राज्यका अंगहरु बीचको शक्ति सन्तुलनलाई क्षतविक्षत पार्दै अध्यादेशमार्फत संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी अदालतमा मुद्दा चलिरहेको अवस्थामा संवैधानिक निकायको नियुक्ति गरिनु संविधानको मर्म र भावना विपरितको कार्य हो । कतिसम्म संसदीय व्यवस्थाथाको हुर्मत काढ्ने हो प्रधानमन्त्री ज्यू ?अब त अति भयो । जनतामा मुख देखाउनु पर्छ कि पर्दैन ?थोरै भए पनि सोच विचार गरौं । आम नेपाली जनताले प्रधानमन्त्री ओलीलाई सद्बुद्धि दिउन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन भएका