प्रदेश एकको नीति तथा कार्यक्रम बहुमतले पारित



विराटनगर । प्रदेश एकको प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आइतबार बसेको बैठकमा वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(१) बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’बाट सदनमा यही जेठ २७ गते बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो भने मुख्यमन्त्री शेरधन राईले सोही दिन सदनमा वार्षिक नीति तथा कार्यक्रम टेबल गरेका थिए ।

दुई दिन लगातार नीति तथा कार्यक्रममा छलफल हुँदा पहिलो दिन १० जनाले र दोस्रो दिन २२ जना सांसदले आ–आफ्ना राय, सुझाव र विचार व्यक्त गरेका थिए । मुख्यमन्त्री राईले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफमा सांसदहरुको सल्लाह, सुझाव, राय र विचारलाई मार्गदर्शकको रुपमा लिने बताए ।

उनले सरकारले कोभिड–१९ बाट आम नागरिकलाई बचाउन पहिलो प्राथमिकतामा राखेको धारण राख्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान केन्द्रित गर्ने कुरामा जोड दिए ।

मुख्यमन्त्री राईले हामी समृद्धिको यात्रामा रहेको र तीन वर्षको अवधिमा धेरै उलब्धि हासिल गरेको चर्चा गर्दै सपना र महत्वकांक्षाले मात्र जनताको आवश्यकतालाई पूरा गर्न सकिने स्पष्ट पारे ।

उनले समृद्धि बाजा बजाएर वा धुप बालेर नआउने यसका लागि खोज र अविष्कार गर्नु पर्छ भन्दै सरकार घरेलु उत्पादनलाई ‘ब्राण्ड’ बनाउने दिशामा रहेको बताए । उनले यस अधिवेशनमा प्रदेशको नामकरण गर्ने प्रस्ताव पनि सदनमा पेश हुने जानकारी दिए ।

नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट शेखरचन्द्र थापा, नेकपा (माओवादी केन्द्र)को तर्फबाट मोहनचन्द्र खड्का र जनता समाजवादी पार्टीको तर्फबाट जयराम यादवले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

सांसद यादवको सबै बुँदाहरु मुख्यमन्त्री राईले स्वीकार गर्नु भएपछि सो प्रस्ताव उनले फिर्ता लिएका थिए । अन्य दुई दलले दर्ता गरेको प्रस्ताव फिर्ता नलिएपछि बहुमतबाट अस्वीकृत भएको थियो । प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपरान्ह ३ बजे बस्ने सभामुख सरस्वती पोखरेलले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन

  काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल

गण्डकीमा सभामुखको बलमिच्याइँविरुद्ध कांग्रेस अदालत जाने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा असंवैधानिक

३० सांसदको समर्थनमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेपछि गण्डकी प्रदेशसभामा कांग्रेसको विरोध

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत विवादमा परेको छ

नयाँ पार्टी गठन गर्न जसपाका अशोक राई पक्षद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । आइतबार पार्टीका