एमालेको माधव नेपाल पक्षद्वारा सुदूरपश्चिम सह–संयोजक कर्ण थापालाई कारवाही



धनगढी । नेकपा एमालेको माधव नेपाल पक्षले नेकपा एमाले सुदूरपश्चिमका सह–संयोजक कर्णबहादुर थापालाई कारवाहीका लागि सिफरिस गरिएको छ ।

आइतबार धनगढीमा पत्रकार सम्मलेन गरी उपाध्यक्ष डा. भीम रावलले थापालाई अनुशासनको कारवाही सिफारिस गरिएको जानकारी दिएका हुन् ।

रावलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमालेको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गर्ने जस्तो घातक कार्यमा संलग्न हुनुका साथै पार्टी कार्यालयमा गुण्डागर्दी र तोडफोड गर्ने काममा संलग्न भई पार्टीलाई बिसर्जनतर्फ धकेल्ने क्रियाकलाप गरेकाले सुदूरपश्चिम प्रदेश कमिटीका सह–संयोजक कर्णबहादुर थापालाई विधानको धारा ४९ को(क) को १ देखि ७ र १४ तथा धारा ५९ बमोजिम अनुशासनको कारवाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट १ वर्ष निलम्बनका लागि सिफरिस गरिएको छ।’ यस्तै कञ्चनपुरका जिल्ला पार्टी सदस्य रहेका राजेन्द्र रावलले पार्टीको विधान विपरित विभिन्न कार्य गरेकाले उनलाई त्यस्तो कार्य नगर्न निर्देशित गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमाः महासचिव गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणबाट दुई

प्रचण्डमा चरम सत्तामोह देखियोः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता

नेपालको दिगो विकासका लक्ष्य प्राप्तिमा सघाउने राष्ट्रसङ्घको प्रतिबद्धता

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी