‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै हतियार, विप्लव आउँदा पुरै ?’



काठमाडौं । नेपाली कांग्रेसले विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको सहमतिमा हतियारको कुरा नउठाएको भन्दै प्रश्न गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ भन्दै प्रश्न गरेका हुन् ।

सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिमा हतियार व्यवस्थापनको कुरा उल्लेख गरिएको छैन । प्रवक्त शर्माले लेखेका छन्, ‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै हतियार, विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ @PM_Nepal? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !! सहमतिलाई स्वागत । ०२८ मा केपी–सीपी, ०५२ मा प्रचण्ड–बाबुराम, अहिले विप्लव–प्रकाण्ड । रेड बुक, नाम र काम उस्तै, परिणाम उस्तै ! नेपालको पुरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न– कम्युनिस्ट दर्शनका नाममा कोहि नेपाली अब मारिने छैनन्,साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा