एकताका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः भट्टराई



फूङलिङ । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् ।

प्रेस सङ्गठन ताप्लेजुङले आयोजना शुक्रबार गरेको पत्रकार भेटघाटमा भट्टराईले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए । उनले भने, “एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।”

एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको उनले बताए । नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उनको जिकिर थियो । प्रचण्ड  नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुनसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक अस्थिरता अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छः सांसद शर्मा

दाङ । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौँ । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि ‘राजस्व उठाउँ, देशलाई

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित