नेकपाभित्रको विवादमा कांग्रेसलाई कुनै सरोकार छैनः नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पाँच बर्षसम्म प्रतिपक्षीमा बस्न जनताले दिएको म्यान्डेड अनुसार आफूहरु बिपक्षीकै भूमिकामा रहने बताएका छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेता सिंहले नेकपाभित्रको विवादमा कांग्रेसलाई कुनै सरोकार नभएको भन्दै नयाँ सरकार गठनको हल्लामा कांग्रेसलाई नजोड्नसमेत आग्रह गरे ।

उनले प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुरलाई भेटको कुरासँग सत्ता राजनीतिको कुनै अर्थ नरहेको स्पष्ट पारे । नेता सिंहले महिनौदेखि आन्तरिक कलह र कुर्सीको खेलमा सत्तारुढ दल नेकपा लागेकाले महामारीको बेला समेत जनताको समस्याप्रति सरकार बेखवर रहेको बताए ।

अहिले नेकपाको सरकारले संघीयताको मर्म र भावना बिपरीत काम गरिरहेको र महामारीका बेला भ्रष्टाचार नै तल्लीन रहेको उनको आरोप थियो । फरक प्रसंगमा नेता सिंहले सरकारले पुराना तथा ईतिहास बोकेका पार्कहरुको नाम परिवर्तन गरि आफ्नो दलका नेताहरुको नामाकरण गर्न थालेको भन्दै आपत्ति जनाए । उनले पुराना ईतिहास बोकेका पार्कहरु अतिक्रमण गरे राम्रो नहुने भन्दै इतिहासलाई सम्मान गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन भएका

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत लिने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने