डा. केसीको सत्याग्रहमा साझा पार्टीको ऐक्यवद्धता



काठमाडौं । साझा पार्टी संयोजक रवीन्द्र मिश्र र केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले अनसनरत डा गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको सत्याग्रह स्थलमै भेटी उहाँको मागमा ऐक्यवद्धता जनाएका छन् ।

संयोजक मिश्रले अनसनको १७ दिन भइसकेकाले तत्काल समिति बनाएर सार्थक वार्ता गरी केसीको जीवन रक्षा गर्न सरकारलाई आह्वान गरेका छन् । साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले भुँईमान्छेको लागि एक बुँद पानी समेत नखाई १७औं दिनसम्म कठोर आमरण अनसनमा बस्दा पनि सरकारले अनदेखा गर्नु गैर जिम्मेवारीको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

‘डाक्टर केसी जनताका लागि हाडछाला सुकाएर, ओँठ कलेटी पारेर २ हप्ता अघिबाटै आमरण अनशनमा हुनुहुन्छ । यस्तो संवेदनशील विषय उठान गर्दा समाजवाद उन्मुख राज्यले ती मागको अपनत्व महशुस गर्नु त कता हो कता केसीका माग सम्बोधन गर्न अहिलेसम्म वार्ता टोली समेत गठन नगरेर अनदेखा गरिरहेको छ, यो भन्दा गैरजिम्मेवारी ब्यवहार के हुन सक्छ ! नेता परियारले टिप्पणी गरेका छन् ।

नेता परियारले सरकारप्रति ब्यँग्य गर्दै भनेका छन,’सत्याग्रही केसीको माग सम्बोधनका लागि दुर्गा प्रसाइँहरुले ‘ग्रीन सिग्नल’ नदिएसम्म के राज्य तमासा चलिनैरहने हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन

  काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल

गण्डकीमा सभामुखको बलमिच्याइँविरुद्ध कांग्रेस अदालत जाने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा असंवैधानिक

३० सांसदको समर्थनमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेपछि गण्डकी प्रदेशसभामा कांग्रेसको विरोध

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत विवादमा परेको छ

नयाँ पार्टी गठन गर्न जसपाका अशोक राई पक्षद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । आइतबार पार्टीका