चुनाव चिन्ह र झण्डाकाबारेमा राप्रपामा सहमति



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनाव चिह्न हलो हुने भएको छ भने गाई अंकित झण्डा रहने भएको छ । मंगलबार धुम्बराहीमा बसेको कार्यसम्पादन समितिको संयुक्त बैठकले चुनाव चिन्ह र झण्डामा सहमति जुटाएको हो । २४ फागुन २०७६ मा कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी पार्टी एकीकरण घोषणा भएको थियो । पार्टी एकीकरण भए पनि चुनाव चिन्हको विषयमा भने सहमति हुन सकेको थिएन । चुनाव चिन्हको बारेमा टुंगो लगाउन कार्यसम्पादन समितिको बैठक बसेको थियो । हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चिह्न हो ।

त्यस्तै बैठकले पार्टीको एकता महाधिवेशन आगामी वैशाख २५ देखि २८ गते गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गएको भन्दै तोकिएको समयमा नै महाधिवेशन गरिने राप्रपा अध्यक्ष कमल थापाले जानकारी दिए । बैठकको समापनका क्रममा उनले मुलुकमा धर्म र सस्कृति मास्ने काम भएको, बाह्य शक्ति बढेको भन्दै राप्रपा नयाँ शक्तिका रुपमा आउने बताए । कांग्रेस र कम्युनिष्टको बिकल्प राप्रपा मात्र रहेको भन्दै अव राप्रपा एकतावद्ध भएर अघि बढ्ने थापाले बताए।

त्यस्तै राप्रपाका अर्का अध्यक्ष पशुपति शम्सेर राणाले पार्टीलाई सशक्त बनाउन एकचित्त भएर लाग्नुपर्ने धारणा राखे । मुलुकको धर्म तथा संस्कृतिलाई जोगाउदै आधुनिक नेपालको परिकल्पना गने अठोटका साथ अघि बढ्ने उनले बताए । त्यस्तै अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले अब राप्रपा मुलुकको बलियो शक्ति हुने दाबी गरे । २०७३ साल फागुनमा राप्रपाको महाधिवेशन भएको थियो ।

महाधिवेशनमा असन्तुष्टि जनाउँदै पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले राप्रपा छोडेर एकीकृत राप्रपा गठन गरेका थिए भने त्यसको केही समय पछि अर्का नेता पशुपति शम्सेर राणाले राप्रपा प्रजातान्त्रिक गठन गर्दै निर्वाचन आयोगमा दल दर्ता गरेका थिए । तर त्यसको तीन बर्षपछि तीनै नेताहरु एकै स्थानमा आउने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन भएका

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत लिने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने