एमसीसी खारेजीको माग गर्दै स्वतन्त्र नागरिक समाजको धर्ना



काठमाडौं । हेमविक्रम सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाजले एमसीसी तथा बिआरआई खारेजीको माग गरेको छ । समाजले तत्काल भारतीय सेना नेपाली भूमि कालापानीबाट हटाउन दबाब दिन पनि आम जनतामा अपील गर्दै शुक्रवार राजधानीमा मौन जुलुश र धर्ना आयोजना गरेको छ ।

स्वतन्त्र नागरिक समाजले असार १२ गते माईतीघर मण्डलामा यिनै माग समेटेर मौन जुलुश र धर्ना बसेको हो । समाजद्वारा आयोजित मौन विरोध सभा तथा धर्नामा उल्लेख्य जनसहभागिता रहेको संयोजक सिलवालले जानकारी दिए । यो सांकेतिक विरोधमा समाजका अगुवा प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो लकडाउनपछि समाजले गरेको पहिलो सडक प्रदर्शन हो । एमसीसीको सबैतिर विरोध भैरहे पनि आयोजक समाजका अध्यक्ष हेम विक्रम सिलवालले चाहिँ विआरआईको पनि विरोध गरेका छन् ।

सिलवालसंग डा. सुरेन्द्र के.सी., डा. केवी रोकाया लगायतका हस्तीहरूको बलियो टिम रहेको छ । उनी राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको मागसहित गत मंसिरमा ७२ घन्टे अनशन पनि बसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा